भारतीय दूतावासले मनायो गणतन्त्र दिवस « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


भारतीय दूतावासले मनायो गणतन्त्र दिवस


91
Shares

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ ।

राजदुतावासले बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाएको हो ।

दुतावास परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनु भएको थियो ।

कार्यक्रममा भारतीय सेनामा कर्तब्य पालनाका क्रममा दिवंगत भएका गोर्खा सैनिकका परिवारलाई नगद तथा जिन्सी सामग्री पनि प्रदान गरिएको थियो ।

यस्तै, सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने केही व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

गणतन्त्र दिवसको अवसरमा दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ ।

भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।

तस्विरहरू :