पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


377
Shares

काठमाडौं । पोखरामा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्र्याक्टरको पछाडिको भागले लामिछानेलाई च्यापेको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले लामिछानेलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिम क्षेत्रीय अस्पताल पठाएको थियो ।

उपचारको क्रममा चिकित्सकले लामिछानेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै ट्र्याक्टर चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।