३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता


234
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको बालुवाटर स्रोतले जनाएको छ ।

भेटका क्रममा शेरचनले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।