कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यो : शेखर कोइराला « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यो : शेखर कोइराला


442
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताउनु भएको छ ।

संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताउनु भएको हो ।

पार्टीको बहुमतले निर्णय गरेपछि आफूहरु अप्ठेरोमा परेको भन्दै कोइरालाले विश्वासको मत दिने निर्णय गलत भएको बताउनुभयो ।

यस्तै, भेलामा कांग्रेस संसदीय दलको नेताको चुनावमा समूहबाट सबै भोट नआएको विषयमा पनि छलफल भएको बुझिएको छ ।

निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस केन्द्रदेखि प्रदेशसम्म विपक्षमा पुगेको, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको लगायतका विषयमा कोइराला समूह संस्थापनसँग असन्तुष्ट छ । भ्रातृ संगठनहरुले पूर्णता नपाएको विषयमा पनि छलफल भएको जनाइएको छ ।