Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


संसदमै भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाई जेल चलान गर्न माग


169
Shares

काठमाडाैं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न माग गर्नु भएको छ ।

विश्वका विभिन्न मुलुकमा पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री वा उच्च ओहोदामा रहेकाहरुलाई पनि भ्रष्टाचारको काण्डमा सर्वश्वहरणसहित जेल गएको आफूले थाहा पाएको उल्लेख गर्दै नेपालमा पनि आफूले सो कुरा देख्न चाहेको उहाँको भनाई थियो ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारवाही कहीँकतै नभएको भन्दै आपत्ति समेत जनाउनु भयो । प्रमुख सचेतक शाहीले भ्रष्टाचारले गर्दा युवाहरुको भविष्य बर्बाद भएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरुमाथि कडा कारबाही हुनुपर्ने बताउनु भयो ।

प्रमुख सचेतक शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो अनुसन्धान मात्रै गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।