सांसद इन्दिरा उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्छ: सोविता गौतम « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


सांसद इन्दिरा उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्छ: सोविता गौतम


416
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गर्नुभएकाे छ ।

प्रतिनिधि सभाकाे बैठकमा शनिबार बोल्दै उहाँले सांसद इन्दिरा उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताउनुभएकाे हाे । इन्दिरा उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुने उहाँकाे तर्क छ ।

इन्दिरा संसदमा नयाँ अनुहार भएपनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको उहाँकाे दावी छ । सांसद इन्दिराले उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने उहाँले बताउनुभयाे ।