Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


लोकप्रियता खस्किन थालेपछि प्रधानमन्त्री त्यागको घोषणा


182
Shares

काठमाडाैं । न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले बिहीबार आश्चर्यजनक हिसाबले राजीनामाको घोषणा गरेकी छन्। आगामी अक्टुबरमा हुने आमचुनाव लड्न आफूसँग ऊर्जा नभएको बताउँदै उनले केही सातामै आफू सत्ताबाट बाहिरिने घोषणा गरेकी हुन्। उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीबाटै नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गर्ने आशा व्यक्त गरिन्।

‘यो मेरो आफ्नै निर्णय हो। देशलाई नेतृत्व दिनु सबै भन्दा सम्मानजनक कार्य हो तर सबैभन्दा चुनौतीपूर्ण पनि हो। आफूसँग सम्पूर्ण तागत छैन भने यो कार्यभार सम्माल्न हुँदैन,’ प्रधानमन्त्री अर्डेनले पत्रकार सम्मेलनमा भनिन्, ‘अब मसँग यो जिम्मेवारीलाई न्याय गर्न आवश्यक ऊर्जा छैन।’

अर्डेनले सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्रीको कार्यभार समालेकी थिइन्। त्यतिबेला प्रधानमन्त्री पदमा पुग्ने उनी विश्वकै कम उमेरकी महिला नेत्री थिइन्। न्युजिल्यान्डको प्रधानमन्त्री बन्ने तेस्रो महिला नेत्री उनी सत्ता समालेको एक वर्षमै आमा बनेकी थिइन्। राज्यसत्तामा हुँदा आमा बन्ने विश्वकै दोस्रो नेतामा पनि उनी पर्छिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।