कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुखमा उम्मेदवार उठाउने « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुखमा उम्मेदवार उठाउने


182
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

कांग्रेस केन्दीय सदस्य समेत रहेकी यादव समानुपातिकबाट सांसद हुनु भएको थियो ।

संसद सचिवालयले शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार उप सभामुखको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ ।