
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ।
उहाँले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत प्राप्त गर्नुभएकाे हाे ।
बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।
पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्