कांग्रेसबाट सभामुखमा न्यौपानेले गरिन् मनोनयन दर्ता « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


कांग्रेसबाट सभामुखमा न्यौपानेले गरिन् मनोनयन दर्ता


403
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराउनु भएकाे छ ।

बुधबार संघीय संसद सचिवालयमा उहाँले सभामुखमा मनोनयन दर्ता गराउनु भएकाे हाे ।

संघीय संसद्काे सचिवालयका अनुसार उहाँको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहनु भएकाे छ ।

त्यस्तै यसअघि सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले पनि मनोनयन दर्ता गराइ सक्नु भएकाे छ ।