Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


युक्रेनमा हेलिकप्टर दुर्घटना, मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु


195
Shares

काठमाडाैं । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर हुँदा मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु भएकाे छ ।

बीबीसी नेपालीका अनुसार शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा युक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्। हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्सकीसहित आठ जना सवार थिए।

युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्। एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्।