
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले नेपाली चलचित्रहरु किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले दर्शकका चाहना, रुचीलाई पूरा गर्न नेपाली फिल्महरु किन असक्षम भइरहेका छन् भन्ने बारेमा गम्भीर छलफल र समीक्षा गर्न चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले चलचित्र प्रदर्शनी गर्दापनि कसरी चलचित्र चलाउन सकिन्छ ? कसरी दर्शकको मन जित्न सकिन्छ भन्नेकुराको विचार गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले विदेशी फिल्महरुको दबदबा रोक्नुपर्छ भन्दै गर्दा दर्शकले रुचाउने र चाहने कुराहरुको परिपूर्ति गर्न नेपाली फिल्महरु किन असक्षम छन् भन्ने बारेमा चलचित्रकर्मीहरुले पहिलो ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली चलचित्रलाई अघि बढाउन बजार बिस्तारको आवश्यक रहेको पनि बताउनु भयो ।
सचिव अर्यालले चलचित्र क्षेत्रका समस्या पहिचान गरेर मन्त्रालयमा समस्या लिएर आए मन्त्रालयले आवश्यक काम कारबाही अघि बढाउन सहजीकरण गर्ने प्रतिवद्धता गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्