सन्दीप लामिछानेलाई कारागारबाट लगियाे अदालत « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


सन्दीप लामिछानेलाई कारागारबाट लगियाे अदालत


117
Shares

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएका छन् ।

तीन महिना ९ दिनदेखि थुनामा लामिछानेलाई उच्च अदालत पटानले २० लाख धरौटीमा रिहा
गर्ने आदेश दिएपछि जिल्ला अदालत काठमाडौं लगिएको हाे ।

आदेश प्राप्त हुनासाथ उनलाई अदालत उपस्थित गराइएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनु भयाे ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।