७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


बागमती प्रदेश सभाको सभामुखमा राप्रपाका भुवन पाठक विजयी


338
Shares

काठमाडौं । बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राप्रपाका भुवन पाठक विजयी हुनु भएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा पाठक विजयी हुनुभएको हो । पाठकले ६२ मत पाउनु भएको थियो भने विपक्षमा ३९ मत परेको थियो । ७ जना सांसद तटस्थ बसेका थिए । सभामुखका लागि पाठक सहित ३ जनाको उममेदवारी परेको थियो । जसमा अन्य २ जनामा नेपाली कांग्रेसका तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुको उम्मेदवारी परेको थियो । कांग्रेस उम्मेदवार अधिकारीलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३७ र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३ मत प्राप्त भएको थियो । सभामुखका उम्मेदवार तीनैजना समानुपातिक सांसद हुन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना, एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।