Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


अख्तियारका तत्कालीन आयुक्त पाठक भ्रष्टाचारी ठहर


325
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालत काठमाडौले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हाे। विशेषले पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला सुनाएको अख्तियारले जनाएकाे छ ।

त्यस्तै, नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि विशेषले ३ वर्ष कैदको फैसला सुनाएको छ। विशेषले तत्कालीन आयुक्त पाठक र न्यौपानेलाई जनही ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।

तत्कालीन आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए। लगत्तै उनले राजीनामा दिएका थिए ।