
नागेन्द्रकुमार कर्ण (इमेज)
महोत्तरी, भदौ ११ । महोत्तरीको औरही नगरपालिकाबाट आइतबार साँझ हराएकी ८ महिने बालिकाको हत्या भएको छ ।
औरही–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीको शव सोमबार भंगाहा नगरपालिका–७, को बगैंचामा फेलापरेको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
फेन्सी पसल चलाउने सोनालीकी आमाले ग्राहकलाई समान बेच्दैगर्दा एकजना अपरिचति व्यक्तिले बच्चा लिएर भागेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
शिशु मृतावस्थामा फेलापरे पनि उनलाई लिएर भाग्ने व्यक्तिको विषयमा भने केही पत्ता लाग्न सकेको छैन । शिशु चोरी र हत्याको कारण पनि खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्