२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


अभिनेत्री तारा र अभिनेता आदरको ब्रेकअप


1.131k
Shares

एजेन्सी । भारतीय अभिनेत्री तारा सुतारिया र अभिनेता आदर जैनबीचको प्रेम सम्बन्ध टुंगिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई सहमतिमा टुंग्याएका हुन् । तारा र आदरले कहिले पनि आफ्नो प्रेम सम्बन्धलाई अरुका अगाडि स्वीकार गरेनन् । तर, दुवैले एकअर्कासँगको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका थिए ।

तारा र आदरको आपसी सहमतिमा छुट्टिने निर्णय भएको हो । लामो समयदेखि नै तारा र आदर एक अर्काको बेवास्ता गर्दै आएका थिए । प्रेम सम्बन्ध टुंगिए पछि पनि उनीहरू असल साथी भएर रहने समाचारमा उल्लेख छ ।

तारा र आदरको भेट उनीहरूको एक साथीको माध्यमबाट भएको थियो । त्यसपछि उनीहरू प्रायः सधै सँगै देखिने गरेका थिए ।

करिब ४ वर्ष प्रेम सम्बन्धमा रहेका उनीहरूले अलग हुने निर्णय गरेका हुन् ।