काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।
महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा आयोजना गरिनेछ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रणा गरिएको पार्टीले जनाएको छ।
त्यस्तै, महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहने कांग्रेसले जानकारी दिएको छ।










प्रतिक्रिया दिनुहोस्