Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


कांग्रेस महाधिवेशनमा सवारीका लागि विभिन्न स्थानमा पार्किङ व्यवस्था


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।

महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार खुलामञ्चमा हुने उद्घाटन कार्यक्रममा आउने प्रतिनिधिका सवारी पार्किङका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा स्थानहरू व्यवस्थापन गरिएको हो।

उहाँका अनुसार धरहराको अन्डरग्राउन्ड पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सवारी पार्किङ गर्न सकिनेछ।

यस्तै, पुरानो बसपार्क आसपास तथा भृकुटीमण्डप क्षेत्रमा पनि पार्किङका लागि थप व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको स्वाँरले बताउनुभयो।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरका साथै जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ।

Skip This