८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


मुम्बई प्रहरीको खुलासा, ‘ब्रेकअपका कारण अभिनेत्री तुनिषाले गरिन् आत्महत्या’


5.707k
Shares

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माको मृत्यु प्रकरणमा मुम्बई प्रहरीले ब्रेकअपका कारण उनले आत्महत्या गरेको बताएको छ ।

मुम्बई प्रहरीका एसिपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषाको मृत्यु प्रकरणमा उनको शीजान खानसँग प्रेम सम्बन्ध रहेको र उनीसँग ब्रेकअप भएपछि आत्महत्या गरेको बताएका छन् ।

एसिपी जाधवले भने, ‘तुनिषा एक टिभी कार्यक्रममा अभिनय गरिरहेकी थिइन् । १५ दिनअघि उनको ब्रेकअप भएको थियो, त्यसपछि तुनिषाले आफ्नो शोको सेटमा आत्महत्या गरिन् ।’

तुनिषाकी आमाले उजुरी दिएको एसीपी जाधवले बताए । उनको उजुरीका आधारमा शीजानलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ ।

उनले शीजानलाई चार दिनको प्रहरी हिरासतमा राखिएको बताए । पोष्टमार्टम रिपोर्टमा तुनिषाको मृत्यु झुण्डिएर भएको स्पष्ट लेखिएको छ ।