Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


फिल्म ‘सर्कस’को गीतविरुद्ध चोरीको आरोप


442
Shares

एजेन्सी । भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को गीत ‘करेन्ट लगा’ विरुद्ध चोरीको आरोप लागेको छ ।

फिल्मको पहिलो गीत ‘करेन्ट लगा’ मा रणवीर र अभिनेत्री दीपिका पादुकोणले नृत्य गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उक्त गीत दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘ब्लकबस्टर’ गीतबाट चोरी गरिएको आरोप लागेको छ ।

‘करेन्ट लगा’ गीत रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा अलोचना भएको थियो । किनभने गीतको पृष्ठभूमि संगीत अल्लु अर्जुनको फिल्म ‘सराइनोडु’ को ‘ब्लकबस्टर’सँग मिल्दोजुल्दो छ । चोरी गरेकाे थाहा भएदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्माता र कलाकारकाे नराम्रोसँग आलोचना गिररहेका छन् ।

रोहित शेट्टी द्वारा निर्देशित यो फिल्म २३ डिसेम्बर २०२२ मा रिलिज हुँदैछ। उक्त फिल्म शेक्सपियरको लोकप्रिय नाटक ‘द कमेडी अफ एरर्स’ बाट प्रेरित छ। यस फिल्ममा रणवीर सिंह, ज्याकलिन फर्नान्डिस, पूजा हेगडे मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा अजय देवगन केमियो भूमिकामा देखिने छन् ।