२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


सिन्धुलीको मझुवामा सडक यातायातकाे अभाव


234
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेता पनि सहज यातायातको पहुँचको अभावले सुन्दर बस्ती मझुवा ओझेलमा परेको छ ।

मझुवा नागी सम्मको आवागमनका लागि सहज सडक यातायातको संचालन हुन नसक्दा स्थानीयले लामो समयदेखि कठिनाई भोग्दै आउनु परेको हाे । हिउँदामा यातायातका साधनहरु संचालन हुने गरे पनि वर्षाको समयमा भने सडकमा पहिरो जाँदा यातायातका साधनहरुको आवागमन र तरकारी लगायत स्थानीय उत्पादननलाई सिन्धुलीमाडी बजारसम्म ढुवानी गर्न कठिनाई हुने गरेको छ ।

सिन्धुलीमाढीबाट २८ किलो मिटरको दूरीमा अवस्थित मझुवा नागी अन्न तथा तरकारी उत्पादनका लागि महत्वपूर्ण स्थान मानिन्छ । चिसाे जलवायु र उच्च हिमाली तथा पहाडी भू-भागहरुका मनोरम दृश्यहरुको समेत प्रत्यक्ष अवलोकन गर्न सकिने सुन्दर मझुवा बस्ती रहेकाे छ ।

साेही बस्तीमा आवागमनका लागि बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सडक निर्माणको काममा ढिला सुस्ती हुँदा अझ समस्या देखिएको छ ।