नेपाल टी-ट्वान्टी पुस ८ गतेबाट सुरु « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


नेपाल टी-ट्वान्टी पुस ८ गतेबाट सुरु


299
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता सरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुने छ । यसअघि पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने तालिका थियो । यस्तै क्यानले प्रतियोगिता खेल्ने नयाँ टोली समेत घोषणा गरेको छ ।

क्यानले काठमाडौं नाइट नयाँ टोली रहेको जनाएको छ । काठमाडौं गोर्खाज बाहिरिएपछि क्यानले नयाँ टोली सार्वजनिक गरेको हो । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।