Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


एसिया रग्बीका अध्यक्ष नेपालमा


0
Shares

काठमाडौं । एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ बिहीबार नेपाल आएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् ।

दुई दिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो ।

एसिया रग्बीका सदस्य समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव एवं प्रवक्ता गोविन्द घिमिरेलगायतले अध्यक्ष धलाईलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

सो अवसरमा अध्यक्ष धलाइले यू–१८ रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले सञ्चालन गर्न लागेकोमा धन्यवाद दिदै प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । उनले नेपाल एसिया रग्बीको सक्रिय संघ मध्ये एक भएको बताउदै नेपाल लुम्बिनी, सगरमाथाको देश भएको हुँदा आउदा दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर प्राप्त गर्ने प्रतिवद्धता व्यक्त गरे ।