‘मालिङ्गो काटी’ गीतको भिडियो सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


‘मालिङ्गो काटी’ गीतको भिडियो सार्वजनिक


533
Shares

काठमाडौं । गायिका रेश्मा पुनको आवाजमा रहेको ’मालिङ्गो काटी’ गीतको भिडियो लिम्दुमी क्रियसनको युटुवमार्फत सार्वजनिक भएको छ ।

मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको हो । ग्रामिण परिवेशमा रहेका मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायाँकन, अनिल रानाको सम्पादन तथा दिनेश माङमुको कोरियाग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको हो ।

मौलिक सिर्जनामा आधारित गीतमा बेदना राई, प्रयास दिप राई र प्रकाश लिम्बुको अभिनय रहेको छ ।