१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मलाइकाले गरिन् आफ्नाे व्यक्तिगत जीवनबारे यस्ताे खुलासा


3.315k
Shares

एजेन्सी । भारतीय अभिनेत्री मलाइका अरोडाले ‘मुभिङ इन विथ मलाइका’ शो मार्फत आफ्ना व्यक्तिगत कुराहरूको खुलासा गरेकी हुन् ।

पहिलो एपिसोडमा मलाइकाले आफ्नो प्रेम र विवाह सम्बन्धबारे खुलासा गरेकी हुन् । मलाइकाकी मिल्ने साथी र भारतीय चर्चित कोरियोग्राफर फराह खानले शोको पहिलो एपिसोडमा एन्ट्री गरिन् । मलाइकाले फराहसँग कुरा गर्दै आफ्नो जीवनको बारेमा कुरा गरेकी हुन् ।

शोमा आफ्नो जीवनका कठिन क्षण सम्झेर मलाइका पनि भावुक भइन् । अब मलाइकाको शोको पहिलो एपिसोडमा मानिसहरुले आफ्नो प्रतिक्रिया दिएका छन् ।

अभिनेत्रीका फ्यानहरू उनलाई व्यक्तिगत रूपमा थाहा पाएर धेरै खुसी थिए। तर सामाजिक सञ्जालमा उनकाे आलोचनाको बाढी भएकाे छ । धेरैले अभिनेत्रीको शोको मजाक उडाएका फनी मेम बनाएका छन् ।

आफ्नो शो मुभिङ इन विद मलाइकाले पूर्व श्रीमान् अरबाज खानसँग आफ्नो विवाहबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘मानिसहरुलाई सायद थाहा छैन होला कि अरबाजले नभई मैले उनलाई विवाहका लागि प्रस्ताव राखेको थिएँ । मैले यस्तो गर्नुको एउटा कारण थियो ।’

त्यो कारणबारे जानकारी दिँदै उनले भनिन्, ‘म आफ्नो घरबाट निस्कन चाहन्थेँ त्यसैले अरबाजलाई अरबाजलाई विवाहका लागि प्रस्ताव राखिदिएँ । मैले उनलाई भनेँ, ‘मलाई तपाईंसँग विवाह गर्नुछ, के तपाईं तयार हुनुहुन्छ ?’ मेरो यस्तो कुरा सुनेपछि उनले मतिर फर्किए र निकै प्रेमपूर्वक मलाई भनेका थिए, ‘तपाईं दिन र स्थान छान्नुहोस् ।’

अरबाज खान र मलाइका अरोडाले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरुले सन् २०१६ मा अलग्गिने निर्णय गरेका थिए । सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । मलाइका र अरबाजका एउटा छोरा छन् । उनको नाम अरहान खान हो । हाल मलाइका अभिनेता अर्जुन कपुरसँग डेट गरिरहेका थिए । यता अरबाज मोडल जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा छन् ।