नवलपरासीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


नवलपरासीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


689
Shares

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिनुभयो ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ ।