सोलुखुम्बुका गाउँ एक सातादेखि अन्धकार « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


सोलुखुम्बुका गाउँ एक सातादेखि अन्धकार


52
Shares

काठमाडौं । सोलुखुम्बुका एक हजार भन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा एक सातादेखि अन्धकारमा रात कटाउन बाध्य छन् ।

महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजना अबरुद्ध भएसँगै सो क्षेत्र बिजुलीविहीन छ । महाकुलुङको वडा नम्बर ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो ।

एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् । बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् । उनीहरूलाई पढ्न समस्या भएको छ । रेडियो र मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत वञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताउनुभयो ।

मेसिनको टर्वाइन पुल्लीमा खराबी आएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताउनुभयो ।