 
	    काठमाडौं । सोलुखुम्बुका एक हजार भन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा एक सातादेखि अन्धकारमा रात कटाउन बाध्य छन् ।
महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजना अबरुद्ध भएसँगै सो क्षेत्र बिजुलीविहीन छ । महाकुलुङको वडा नम्बर ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो ।
एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् । बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् । उनीहरूलाई पढ्न समस्या भएको छ । रेडियो र मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत वञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताउनुभयो ।
मेसिनको टर्वाइन पुल्लीमा खराबी आएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्