अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाएकाे भन्दै ट्याक्सी चालकले गरे प्रदर्शन « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाएकाे भन्दै ट्याक्सी चालकले गरे प्रदर्शन


247
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाइएको भन्दै ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन्।

आज मंगलबार बिहान उनीहरुले विमानस्थलको आवागमन गेट अगाडि प्रदर्शन गरेका हुन् । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरूले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् ।

पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले एकैचोटी बढाएर ८० रुपैयाँ पुर्याइएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । १ सय रुपैयाँ पुर्याउने धम्की समेत दिइएको भन्दै ट्याक्सी चालकहरूले आवागमन गेट अगाडि नै बसेर प्रदर्शन गरेका छन् ।