५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


सिन्धुलीमा मालबाहक सवारीको सुविधाका लागि धर्मकाटा संचालन


195
Shares

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गबाट संचालन हुने मालबाहक सवारी साधनहरूकाे सुविधाका लागि सिन्धुलीमाडीमा धर्मकाटा संचालन भएकाे छ ।

सिन्धुली ट्रक व्यवसायीस संघको करिब ३५ लाखको लागतमा निर्माण गरिएको धर्मकाटामा दैनिक रुपमा १ सयको हाराहारीमा मालबाहक सावारी सधानहरुले तौल लिने गरेका हुन् । सिन्धुलीमाडीमा धर्मकाटाको संचालनले साेही ठाउँबाट उपभोग्य तथा निर्माण सामग्रीहरु लोड भएर वीपी राजमार्ग हुँदै रामेछाप, ओखलढुंगा, दोलखा र खोटाङ लगायतका पहाडी जिल्लाहरुमा आवतजावत गर्ने मालबाहक सवारीका साधनहरुलाई प्रत्यक्ष सुविधा पुगेको सिन्धुली ट्रक व्यवसायी संघका निर्मल श्रेष्ठले बताउनुभयाे।

यसअघि सिन्धुलीमाडीमा धर्मकाटाको अभावले वीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्गमा संचालन हुने मालबाहक ससवारीका साधनहरुलाई भार तौल गर्न कठिनाई हुँदा सडक दुर्घटनाहरू समेत हुने गरेको थियो । सिन्धुलीमाडीमा संचालनमा आएकोे तौल धर्मकाटा संचालनसँगै मालबाहक सवारीका साधनहरुले १ सय रुपैयाँ शुल्कमा भार तौल गर्ने सुविधा पाएका छन्।

जिल्लाको वीपी राजमार्गमा रातको समयमा ३ सयको हाराहारीमा मालबाहक ट्रकहरूको आवागमन हुने गरेको जिल्ला ट्राफिक कार्यालयको एक तथ्यांकले देखाएको छ ।