मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा


2.028k
Shares

काठमाडौं । मधेश प्रदेसमा सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सीता र रामको विवाह महोत्सवको अवसरमा सार्वजनिक बिदा दिईएको जानकारी गराउनुभएको छ ।

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती आउने गरेका छन् ।