भारतीय चलचित्र ‘भेडिया’ अनलाइनमा लिक « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


भारतीय चलचित्र ‘भेडिया’ अनलाइनमा लिक


4.875k
Shares

एजेन्सी । भारतीय अभिनेता बरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’ अनलाइनमा लिक भएको छ ।

चलचित्र गत शुक्रबार अर्थात २५ नोभेम्बरबाट हलमा रिलिज भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले पहिलो दिन नै राम्रो कमाई गरेको छ । यसैबीच चलचित्र अनलाइन साइटको सिकार भएको छ ।

वरुण यस चलचित्रमार्फत पहिलो पटक अनौठो भूमिका देखीएउका छन् । जो अचानक ब्वाँसोमा परिणत हुन्छन्। चलचित्रमा भएको भिएफएक्सको प्रयोगलाई दर्शकले निकै रुचाएका छन् ।

तर, चलचित्र तमिलरोकर्स र फिल्मजिल्ला सहित धेरै अनलाइन साइटहरूमा एचडी प्रिन्टमा उपलब्ध भएको छ। यसैगरी हालै रिलिज भएको अजय देवगनको चलचित्र ‘दृश्यम २’ पनि अनलाइन लिक भएको थियो । यसअघि पनि धेरै चलचित्र अनलाइन लिक भइसकेका छन् ।

अमर कौशिक निर्देशित यस चलचित्रमा वरुण र कृतिका अलावा अभिषेक बनर्जी र दीपक डोबरियाल मुख्य भूमिकममा छन् । यो चलचित्रलाई दिनेश विजनले निर्माण गरेका हुन् ।