१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


सबाना आजमी काठमाडौंमा


2.21k
Shares

काठमाडौं । बलिउड अभिनेत्री सबाना आजमी बिहीबार काठमाडौंमा आइपुगेकी छन् ।

अभिनेत्री आजमी आजदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन बिहीबार काठमाडौंमा आइपुगेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना सुब्बा लगायतले स्वागत गरेका थिए ।

महोत्सवमा अभिनेत्री आजमीले अभिनय सम्बन्धी मास्टरक्लास सञ्चालन गर्ने कार्यक्रम रहेकाे आयाेजकले जनाएकाे छ ।