गोरखा १ मा कांग्रेसका बजगाई विजयी « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


गोरखा १ मा कांग्रेसका बजगाई विजयी


169
Shares

गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी हुनुभएको छ । भर्खर सम्पन्न मतगणनामा उहाँले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गर्नुभएको हो ।

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ( एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ ।

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले हराउनुभएको हो । विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाईं पराजित हुनुभएको थियो ।