Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


आफन्तले शव नबुझ्दा अस्तव्यस्त बाजुरा


2.5k
Shares

बाजुरा । बाजुराको त्रिबेणी नगरपालिका ७ मा भएको घटनालाइ लिएर बाजुरा बजार अस्तव्यस्त बनेको छ । तीन दिनदेखि बाजुरा बन्द रहेको छ । ज्यान गुमाएका २ जनाको शव अस्पताल बाजुराको शव गहृमा राखिएकाे छ। आफन्तले शव नबुझ्दा बाजुरा बजार अस्तव्यस्त बनेको हाे।

काँग्रेस कार्यकर्ताकाे कुटपिटपछि मुत्यु भएका ३२ वर्षीय चेतन अयडिको शव पोष्टमार्टम भए पनि शव आफन्तले बुझेका छैनन् । हत्यामा संलग्न प्रक्राउ नगर्दासम्म शव नबुझने आफन्तले अडान राखेका छन् ।

त्यस्तै सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सञ्जिव अयडिको शव अस्पतालको शवगृहमा राखिएको छ । आफन्तले पोष्टमार्टम गर्न समेत सहमति दिएका छैनन् ।

घटनाको सत्यतथ्य छानबिन सँगै क्षतिपुर्तिको माग गरेका छन् । अनेरास्ववीयु नेता अयडिको हत्यामा संलग्नको कार्यवाही माग गर्दै अनेरास्वीयु बाजुराले तीन दिनदेखि बजार बन्द गराइरहेकाे छ ।

सदरमुकाम मार्तडी, कोल्टि लगायतका बजार, यातायात, शैक्षिक संस्था, कार्यलय बन्द रहेका छन् । त्रिवेणी ७ निकै अशान्त रहेको छ । अयडीको विभत्स हत्या भएको गरेको भन्दै २२ जनाको नाममा जिल्ला प्रहरी कार्यलय बाजुरामा किटानी दिएको उनका आफन्तहरुले बताएका छन्।