पूर्व प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्म ‘रेड जोन’ मा « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


पूर्व प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्म ‘रेड जोन’ मा


260
Shares

काठमाडौं । आम निर्वाचनको जारी मतगणना परिणामले पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, पूर्वमन्त्री र पूर्वसभामुखलाई ‘रेडजोन’मा पुर्याएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल जारी मतगणनाको प्रारम्भिक परिणामले ‘रेड जोन’मा देखिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मंगलबार दिनभरदेखि राति अबेरसम्म नै पछि पारिरहेका छन् ।

प्रतिनिधिसभामा खनाल इलाम १ बाट नेकपा एकीकृत समाजवादी र बस्नेत नेकपा एमालेबाट उम्मेदवार छन् । यसैगरी, पूर्वउपप्रधामन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापा पनि ‘रेड जोन’मा पर्ने सम्भावना बढ्दै गएको छ । थापा मकवानपुर १ बाट सूर्य चुनाव चिह्न लिएर उम्मेदवार बनेका हुन् ।

उनी जारी मतगणनामा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डीनासँग पछि परिरहेका छन् । अर्का पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि झापा ३ मा ‘रेड जोन’मा देखिएका छन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फराकिलो मतान्तरले पछि पारिहेका छन् । त्यस्तै, पूर्वउपप्रधानमन्त्री कांग्रेस नेता विजयकुमार गच्छदार पनि ‘रेड जोन’मा छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।