 
	    काठमाडौं । मलेसियामा सम्पन्न संसदीय निर्वाचनमा कुनै पनि दल बहुमत ल्याउन असफल भएपछि इतिहासमै पहिलो पटक मिलीजुली सरकार बन्ने भएकाे छ ।
विपक्षी नेता अन्वर इब्राहिमको पार्टीले सबै भन्दा बढी सिट जिते पनि बहुमत ल्याउन असफल भयो भने अन्वरको पार्टीलाई पूर्व प्रधानमन्त्री मुइद्धिन यासिनको पार्टीले पछ्याएको हाे । प्रधानमन्त्री इस्माइल याकोबको सत्तारूढ बारिसान न्याशनल पार्टीले भने २ सय २२ सदस्यी संसदमा मात्रै ३० सिट जितेको छ ।
मलेसिया बेलायती साम्राज्यबाट मुक्त भएपछि मिलीजुली सरकार बन्ने भएकाे छ । विपक्षी नेता अन्वरले सरकार गठनका पहल थालेका छन् । तर, उनको दललाई सरकारमा कसले साथ दिनेछ भन्ने अझै निक्र्याेल भइसकेको छैन । मलेलियाको निर्वाचनले पूर्वप्रधानमन्त्री मोहम्मद महाथिरलाई पनि पराजय भोग्न बाध्य बनाएकाे छ ।
९७ वर्षको उमेरमा चुनावी मैदानमा खडा भएका महाथिरले ५३ वर्षमा पहिलो पटक पराजय ब्यहोर्नु भएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्