द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा परिजिताको उत्कृष्ट प्रस्तुति « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा परिजिताको उत्कृष्ट प्रस्तुति


4.043k
Shares

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करण अन्तिम १६ मा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोलाले उत्कृष्ट प्रस्तुति दिएकी छन् ।

परिजिताले भाबुक गीत छनौट गरि सोमबार राती उत्कृष्ट प्रस्तुति दिएकी थिइन् । उनले लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ राति गयकी थिइन् । परिजिताको भाबुक गीतको प्रभाब कोचहरूमा यतीसम्म पर्‍याेकी चारै जना कोचले उत्तिकै प्रशंसा गर्दै उभिएर स्वागत गरेका थिए ।

एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता अब देखि अघि बढ्ने कि नबढ्ने भन्ने कुरा भोटिङमा पनि निर्भर हुनेछ । शीर्ष १६ मा परेकी उनी शीर्ष १३ मा पुग्ने या नपुग्ने फैसला अब भोटिङमार्फत हुने छ ।

आज (मंगलबार) देखि द भ्वाइसमा लाइभ शो सुरु भएको छ । लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । नेपालबाट समेत दर्शकले परिजितालाई भोट गर्न सक्छन् ।

उनले हरेक पटक नेपाली पहिरनमा आफ्नो प्रस्तुति दिदै आएकी छन् ।