
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज शनिबार यो वर्षकै कम मापन गरिएको छ ।
शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाडांैको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अझै तापक्रम घट्ने सम्भावना छ ।
यसैबीच चिसो सुरु भएपछि उपत्यकासहित देशभरको न्यूनतम तापक्रम पनि बिस्तारै घट्न थालेको छ ।
चिसो बढेसँगै शनिबार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यदेखि आंशिक बदली भएर देशको पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्