
काठमाडौं । आज बिहीबार विश्व विज्ञान दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज बिहान मार्च फर साइन्स र्याली निकालिएको छ । र्यालीपछि आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनका कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न तत्काल पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।
त्यस्तै नास्टका पूर्व उपकुलपति प्रा. डा. जीवराज पोखरेलले विज्ञानमा लगानी गरे मात्रै देशले फड्को मार्नसक्ने भन्दै अधिकांश राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा विज्ञानमा लगानी गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।
मार्च फर साइन्स कार्यक्रममा विभिन्न संघ संस्था तथा शिक्षण संस्थाहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्