चलचित्र ‘पासो’को प्रदर्शन मिति सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


चलचित्र ‘पासो’को प्रदर्शन मिति सार्वजनिक


585
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पासो’ प्रदर्शन मिति सर्वजनिक भएको छ ।

बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १६ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा रीस्ता बस्नेत हातमा हथौडा बोकेर रगताम्मे अवस्थामा प्रस्तुत छिन् । उनी चलचित्रमा एक्सन भूमिकामा रहेको पोस्टरले बुझाउँछ ।

चलचित्रमा रिस्तासँगै, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको पनि अभिनय रहेको छ । बी.आर इन्टरटेन्मेन्टको एकल ब्यानरमा निर्माण भएको चलचित्रमा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सहनिर्माताको रुपमा छन् ।

दुई मिल्ने साथीलाई एक अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्ष नै चलचित्रको मुख्य कथाबस्तु रहेको छ ।

आरबी पुनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् ।