टी–ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनलमा आज, पाकिस्तान र न्युजिल्यान्ड भिड्दै « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


टी–ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनलमा आज, पाकिस्तान र न्युजिल्यान्ड भिड्दै


4.277k
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलका खेल आज बुधबार र भोलि बिहीबार हुँदैछ । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजिल्याण्डबीच खेल हुँदैछ ।

यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ ।

सुपर १२ चरणको समुह एक मा रहेको न्युजिल्याण्ड समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । समुह दुई मा रहेको पाकिस्तान भने उपविजेताको रुपमा सेमिफाइनलमा ठाउँ बनाउन सफल भएको हो ।

न्युजिल्याण्डले समुहका पाँचमध्ये तीन खेल जित्दा एक खेलमा पराजित भयो भने वर्षाले प्रभावित एउटा खेल रद्द भएको थियो । उता, पाकिस्तानले समुहका ५ मध्ये ३ खेल जितेको थियो भने दुई खेलमा पराजित भएको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि बिहीबार भारतले इंग्ल्याण्डसँग खेल्नेछ । फाइनल खेल भने आइतबार मेलबर्न क्रिकेट मैदानमा हुनेछ ।