१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अरबाज र मलाइकाको छोराले बलिउडमा डेब्यु गर्दै


12.818k
Shares

एजेन्सी । भारतीय अभिनेता सलमान खानका भाई अभिनेता एवं निर्देशक अरबाज खान र अभिनेत्री मलाइका अरोराको छोराले बलिउडमा डेब्यु गर्ने भएका छन् ।

हालै भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा अरबाजले छोरा अरहान खानको बलिउड डेब्युको बारेमा खुलासा गरेका छन् ।

अरबाजले अन्तर्वार्ताको क्रममा अरहानले बलिउड डेब्यु गर्न लागेको कुरालाई पुष्टि गरेका छन्। साथै, उनले आफ्नो छोराले हालै करण जोहरसँग काम गरेको समेत बताएका छन् ।

अरहानले करण जोहरको फिल्म रकी ओर रानीको प्रेम कहानीमा सहायक निर्देशकको रुपमा काम गरेका छन्। अब उनी आफ्नो बाबुको फिल्मबाट अभिनयमा पनि डेब्यु गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अरहानले आफ्नै बाबुको फिल्म पटना शुक्ला बाट बलिउडमा डेब्यु गर्न लागेका हुन्। यो फिल्मको छायांकन डिसेम्बर २०२२ देखि सुरु हुने र २०२३ मा फिल्म प्रदर्शन हुने बताइएको छ ।

मलाइका र अरबाजले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरुको विवाहको चार वर्षपछि अरहानको जन्म भएको थियो । हाल अरबाज र मलाइका अलग छन्। उनीहरुले सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए ।

मलाइका अभिनेता अर्जुन कपूरसँग विवाह गर्ने तयारीमा छिन् ।