सुरक्षाकाे जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न मातहतका निकायलाई प्रधानसेनापतिको निर्देशन « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


सुरक्षाकाे जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न मातहतका निकायलाई प्रधानसेनापतिको निर्देशन


182
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आगामी निर्वाचनमा सेनालाई सुरक्षाकाे जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटर, कैलाली जिल्लाको तेघरीस्थित सुदूरपश्चिम पृतना हेडक्वाटर तथा दाङको रणसिंहदल गणको निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति शर्माले यस्ताे निर्देशन दिनुभएको हो । उहाँले सेनाको पृतनाहरुको वर्तमान अवस्था, ईलाका र प्रदेशहरूसँगको समन्वय लगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजनाका साथै गणको वस्तुस्थितिका विषयमा समेत जानकारी लिनुभयो ।

साथै उहाँले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ कपिलवस्तु जिल्लास्थित चन्दौटा ईलाकामा नेपाली सेनाद्वारा स्थापना गरिएको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण गर्नुभयो ।