Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, ३ बेपत्ता


0
Shares

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका-५, कोटलबारामा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

नेपाल प्रहरीले अझै ३ जना बेपत्ता भएकाे खोजी कार्य जारी रहेकाे जनाएकाे हाे। पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन् । पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुनमगर, अन्दाजी ६० वर्षीय कमलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ८५ वर्षीय हस्तकला रोकामगर रहेका छन् ।

त्यस्तै, सात वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीय मनि पुनमगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुनकुमारी पुनमगर र ८० वर्षीय बलबहादुर पुनमगर रहेकाे प्रहरीले जनाएकाे हाे।