कजारिया सेरामिक्सले नेपालमा उद्योग खोल्ने « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


कजारिया सेरामिक्सले नेपालमा उद्योग खोल्ने


637
Shares

काठमाडौं । भारतको ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्सले नेपालको व्यापारिक समूह रमेश कर्पसँग मिलेर उद्योग खोल्ने भएको छ ।

नेपालमा सबै भन्दा ठूलो कम्पनी स्थापना गर्नेगरी दुई समूहबीच व्यावसायीक सम्झौता भएको हो । सम्झौतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कम्पनीले वार्षिक ८ लाख वर्गमिटर उत्पादन क्षमतामा उद्योग सञ्चालन गर्नेछ । २ अर्ब ५० करोड भारु अर्थात ४ अर्ब नेपाली रुपैयाँ पूँजीको कम्पनी स्थापना हुने भएको छ । दुवै समूहको लगानी ५०/५० प्रतिशत हुने बताइएको छ ।

कारखाना २०२३ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । नेपाली बजारको मागलाई पूरा गरी निर्यात गर्ने परिकल्पनाका साथ उद्योग कजारियाले जानकारी दिए । नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाइल्स उत्पादनमा प्रयोग गरिने उनले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।