२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


त्रिशुलीमा बस खस्यो


147.173k
Shares

धादिङ । बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ ।

काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताउनुभयाे।

घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।