१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने विषयमा राष्ट्रसंघीय सुरक्षा परिषदमा विवाद


390
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध विपरीत उत्तर कोरियाको बढ्दो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणप्रति अमेरिकालगायतका मुलुकले चिन्ता व्यक्त गरेका छन् ।

सुरक्षा परिषदको बैठकमा उत्तर कोरियाको सो कदमको निन्दा गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति हुन सकेन । बैठकमा चीन र रुसले उत्तर कोरियोका कदम रोक्ने विषयमा सहमति नजनाएपछि अमेरिका बेलायत, फ्रान्सलगायतक मुलुकले प्योङयाङले जारी राखेको मिसाइल परीक्षण तत्काल रोक्न आग्रह गरेका छन् ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले सुरक्षा परिषदका १५ मध्ये १३ सदस्य राष्ट्रहरूले उत्तर कोरियाको यसै वर्षको सुरुदेखि बढ्दै गएको ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गरेका छन् । प्योङयाङलाई चीन र रुसले संरक्षण गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रसंघले प्रतिबन्ध लगाएयता मात्र उत्तर कोरियाले पछिल्ला वर्षहरूमा साना र ठूला गरी ६० भन्दा बढी मिसाइल परीक्षण गरेको ती मुलुकहरुको दाबी छ । तर, उत्तर कोरिया आरोपको चीन र रुसले खण्डन गर्दै आएका छन् ।

राष्ट्रसंघका लागि चीनका राजदूत झाङ जुनले अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेसँगै उत्तर कोरिया सशंकित भएको बताएका छन् । उनले अमेरिकी गतिविधिले नै उत्तर कोरिया थप कठोर बन्दै गएको जिकिर गरेका छन् ।

सन् २००६ मा उत्तर कोरियाले पहिलो पटक आणविक विस्फोट गरेपछि सुरक्षा परिषदले प्रतिबन्ध लगाएको थियो ।