बेलायतमा मन्दी सुरू भईसकेको ठहर « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


बेलायतमा मन्दी सुरू भईसकेको ठहर


१८ कार्तिक २०७९, शुक्रबार ०७:५१

2.106k
Shares

एजेन्सी । बेलायतको केन्द्रीय बैंकले देशले पछिल्लो सय वर्ष यताको सबैभन्दा लामो मन्दीको सामना गरिरहेको बताएको छ ।

आर्थिक सुचकांकहरुको रेकर्ड राख्न थालिएको सन् १९२० यताको सबैभन्दा लामो मन्दीबाट बेलायती गुज्रिरहेको भन्दै सो बैंकले आगामी दुई वर्ष बेलायतका लागि ज्यादै चुनौतीपूर्ण हुने पनि बताएको छ ।

अहिले नै बेरोजगारी दर ६ दशमलव ५ प्रतिशत पुगेको भन्दै बैंकका प्रमुख एन्ड्रू बेलीले सन् २०२५ सम्ममा यो दर दोब्बर हुनसक्ने बताउनुभएको छ ।

महँगीले सर्वसाधारणको दैनिकी चौपट हुनसक्ने भन्दै उहाँले तत्काल कठोर कदमहरु नचाले पछि झन् मुस्किल हुने चेतावनी दिनुभएको छ ।

केन्द्रीय बैंकले सन् १९८९ पछि सबैभन्दा उच्च दरले ब्याजदर बढाउँदै २ दशमलव २५ प्रतिशतको ब्याजदरलाई ३ प्रतिशत पनि पुर्‍याएको छ । अकाशिँदो मूल्य नियन्त्रणका लागि ब्याजदर बढाइएको भए पनि अहिले नै खाद्यान्न तथा उर्जाको मूल्य छोईनसक्नु भईसकेको छ ।

४५ दिन मात्रै प्रधानमन्त्री बनेकी लिज ट्रसको सरकारले ल्याएको पुरक बजेटले अर्थतन्त्रलाई झन कठिन अवस्थामा पुर्‍याएको भन्दै केन्द्रीय बैंकले अहिलेको अवस्था कम्तिमा सन् २०२४ को मध्यसम्म लम्बिने प्रक्षेपण गरेको छ ।